प्रेम दिबसको अवसर पारेर चलचित्र ‘प्रेमगन्ज’ को घोषणा
काठमाडौं। बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु अब निर्माता बन्ने भएका छन्। उनले प्रेम दिबसको अवसर पारेर आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र ‘प्रेमगन्ज’ को औपचारिक घोषणा गरेका छन् । चलचित्र पूर्ण त प्रेमकथामा आधारित हुने बताइएको छ ।
राजु अहिले एक भोजपुरी चलचित्रका निम्ति भारतमा छन्। उनले सगुन देखि ‘ए मेरो हजुर ३’ सम्म आउँदा तीन सय बढी चलचित्रमा काम गरिसकेका छन्। उनि यो चलचित्र क्षेत्रमा पाइला राख्दा जम्मा ११ बर्षका थिए । आफ्नो जीबनको आधि हिस्सा चलचित्र क्षेत्रलाई दिएका राजुलाई अब चलचित्र क्षेत्रले के दिन्छ ? त्यो भने अब हेर्न बाँकी छ ।
परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । यस चलचित्रका कलाकार भने फाइनल हुन बाँकी रहेका छन्। यो चलचित्र ‘चलचित्र चौतारी’ को ब्यानरमा निर्माण हुन लागेको हो।







डिसी नेपाल








Facebook Comment