जापानी राजदूत साइगोले गरे राष्ट्रपतिसँग विदाई भेट
काठमाडौं । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
आफ्नो दुई वर्ष नौ महिना लामो कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका राजदूत साइगोले मंगलबार शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग विदाइ भेट गरेका हुन्।
भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment