सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता जारी

डिसी नेपाल
२० फागुन २०७७ १०:०२

काठमाडौं। सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा विहान नौ बजेर २० देखि जाँदा सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच वार्ता सुरु भएको हो।

यसअघि गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको र केही विषयमा छलफल जारी गरेको बताएका थिए । उनले छिट्टै सुखद परिणाम आउने अपेक्षा लिएको पनि बताएका छन्।

सरकारको तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई साथै बिप्लव समूहको तर्फबाट प्रवक्ता खड्ग बहादुर विश्वकर्मा र उदय चलाउने (दिपक)ले वार्ताको नेतृत्व गरेका छन्।

दुवै समूहले मंगलबार वार्ताटोली गठन गरेका थिए । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *