आधिकारिकताको लागि दबाब दिन प्रचण्ड–नेपाल समूहका नेताहरु आयाेगमा

डिसी नेपाल
२० फागुन २०७७ १५:५१
160
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरु निर्वाचन अयोग पुगेका छन्। पार्टीको आधिकारिकताको विवाद भएको नेकपाका नेताहरुले बुधबार निर्वाचन आयोगको ढिलाई प्रति आपत्ति प्रकट समेत गरेका थिए।

प्रचण्ड–नेपाल समूहका नेता लिलामणि पोखरेल र राजेन्द्र पाण्डे आयोग पुगेका छन्। समूहका बुधबार बसेको बैठकले आयोजलाई पुनः ध्यानाकर्षण गराउने निर्णय पनि गरेको थियो।

बुधबारको बैठकमा नागरिकता र पार्टी परिचयपत्र समेत संकलन गरेको उक्त समूह निर्वाचन अयोगलाई दबाब दिन आयोग पुगेको बताइएको छ। समूहले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै आएको छ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुई समूहमा विभाजित भएको छ। एकातर्फ पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेललगायतका नेता छन् भने अर्को समूहमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *