सन्दीपको गीतमा टिकटकबाट चर्चा कमाएका स्मारिका र समारिकाको गज्जब अभिनय
काठमाडौँ । लालुमैको अपार सफलतापछी गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत सान्बाबुको भिडियो रिलिज गरिएको छ । जसमा सन्दीपसँग लोकप्रिय गायिका सम्झना भण्डारीको स्वर रहेको छ । सुदिप सागर, गोबिन्द अनेक, सुनितामी परियार र बिमला परियारको सामुहकि स्वरमा रहेको गीतमा शब्द र संगीत स्वयम गायक सन्दीपकै रहेको छ । जसमा संगीत संयोजन लोकप्रिय संगीतकार सु्दिप सागरको रहेको छ ।
प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा टिकटकबाट चर्चा कमाएका सुन्दरी दिदी बहिनीद्धय स्मारिका र समारिका ढकालसँग गायक सन्दीपको गज्जबको छमछमी देख्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् । शिव हमालको च्यानबाट बजारमा आएको गीतको भिडियो रिलिज लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताए । सन्दीपका यसअघि लालुमै, ओक्कल दोक्कल काली भन्न मिलेन, लगायतका गीतका भिडियोहरुले ब्यापक चर्चा कमाएका छन् ।







डिसी नेपाल








Facebook Comment