लघुकथा: बाबुसाहेब

कृष्ण बोहरा
५ पुष २०८२ ७:३२
40
Shares

उताबाट एउटा ट्याक्सी हुँइकिएर आयो। घरै अगाडि ट्याक्क अडियो। ट्याक्सीमा सवार दुबैजनाले अगमसिंहनाई नमस्कार गर्दै भने, ” बाबुसाहेब कहाँ जाने हैन त?”

आफ्नै घरको छेउमा उभिएर रहेको अगमसिंहले बाबुसाहेबको नाम सुन्ने बित्तिकै निकै ठाडो कान लगायो। त्यसो त बेला बेलामा बाबुसाहेब कहाँ आउने जाने उनको दिनचर्या नै थियो। आफू पनि जिल्ला स्तरको नेता पनि हुन उनी।

बाबुसाहेब पक्षधर भएकाले चुनावमा उनले बाबुसाहेबलाई सघाउँदै आएका पनि हुन्। “बाबुसाहेब कहाँ जाने हैन त? ” भन्ने श्वर सुन्ने बित्तिकै मुन्टो हल्लाउँदै उनी ट्याक्सीमा चढी हाले।दौरा सुरुवाल, ढाका टोपी र कोटमा क्या भद्र देखिन्थे उनी। ३ तोला र दुई तोलाको दुई वटा औँठीले बायाँ हातको सोभा पनि बढेकै थियो।भर्खर उमेर ढल्कन लागेको एउटा भद्र नेताको पहिचान थियो उनमा।

अगमसिंह चढ्ने बित्तिकै ट्याक्सी हुँइकेर कहाँ पुग्यो कसैलाई वास्ता पनि भएन। बिहान ९ बजे हुँइकेको ट्याक्सी कहाँ पुग्यो पुग्यो खै? अगमसिंह बेहोस भएछन्।उनी होसमा आउँदा उनीलाई घरबाट निकै टाढा एउटा एकान्त चौरमा लम्पसार परेर सुतेको पाएछन।

हातका औँलाका दुबै औंठी गायब थिए। खल्ती छाम्दा खल्तीमा सुको पैसा थिएन।मोबाईल पनि थिएन।शरीरमा निकै थकान महसुस भएको थियो। ” के भाडाले घर फर्कने खै ” भन्दै एकपटक सुईए…. सुस्केरा काडे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *