कमजोर भयो वामदेव कार्ड

डिसी नेपाल
३ चैत २०७७ ११:५४

काठमाडाैं। हाम्रो पुस्ताले त देख्यो र भोग्यो तर भावी पुस्ताले यो कुरा इतिहासमा पढ्नेछ। जसरी हामी इतिहासका रोचक घोचक प्रसंगहरु अहिले रुचीसाथ पढ्छौं, अहिले भइरहेका कयौं राजनीतिक घटना परिघटना हाम्रो भावी पुस्ताले अझ रुचीसाथ पढ्नेछ।

त्यसमाथि पनि पछिल्लो एक वर्षयता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वरिपरी भएका घटना परिघटना अनपेक्षित र रोचक त थिए नै अझपनि छन् र हुँदैछन् जुन भावी पुस्ताका लागि अग्रगामी र पश्चगामी दुबैखाले कम्युनिष्ट पार्टी र पात्र चिन्ने स्वादिला खुराक हुनेछन्। र, त्यो खुराकमा नछुट्ने एउटा नाम हुनेछ वामदेम गौतम।

५० को दशकयता नेपालको बाम आन्दोलनमा वामदेव गौतम सम्झिरहनुपर्ने नाम हो। तत्कालीन नेकपा एमालेको राजनीतिबाट उनी चिनिए। २०५४ सालमा उनले एमाले फुटाएर माले बनाए। तथापि ‘सोचे झैं राजनीति रैनछ’ भन्ने महशुस गरेपछि ‘पार्टी बिभाजन गल्ती थियो आत्मआलोचना गर्छु’ भन्दै २०५८ मा गौतम फेरि एमालेमै फर्किए।

नेकपाको सचिवालय दुई फ्याक हुँदा उनले कहिले ओली क्याम्प कहिले प्रचण्ड क्याम्पमा आफूलाइ खोजे। एउटै ठाउँ र बिचारमा अडिग राख्न सकेनन्। प्रमको राजीनामा माग्ने बैठककमा बसेर राजीनामाकै प्रस्तावमा मत राखेर बाहिर निस्केका उनले तत्कालै ओली नै अध्यक्ष र प्रधानमन्त्रीको रुपमा रहनुपर्छ भनेर बोली फेरे।

पछिल्ला दु वर्ष सिंगाे एमाले नै नेकपाको झण्डामा गोलबन्द रहेपनि फागुन २३, २०७७ मा सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरिदिएपछि वामदेव फेरि एमाले भएका छन्।

नेकपा राजनीतिको केन्द्रबिन्दुमा वामदेव गौतम थिएनन् भने सायदै केपी ओलीले संवैधानिक कू गर्ने दिन आउँदैनथ्यो होला। पार्टीको विवादकै परिणामस्वरुप नेपालको शिषु गणतन्त्र झन्डैझन्डै खोसिनै ठाउँमा पुग्दैनथ्यो होला। कम्युनिष्ट नेताले बारम्बार भनिरहने सदावहार बामपन्थी आन्दोलनको भविष्य नै संकटमा पर्ने थिएन होला। र पुन:स्थापित एमालेको भविष्यमा प्रश्न चिन्ह लाग्ने थिएन होला।

वामदेवको बारेमा यहाँ उठाउन खोजिएका कुराहरु मिथ्या आरोपमात्र हैनन्। विगत एकवर्षमा नेकपाको राजनीतिमा भएका मुख्यमुख्य घटनाहरुमा प्राय: निर्णायक सहजकर्ताको भूमिकामा देखिएका कारण पनि यसरी बुझ्नु गलत हुनेछैन। स्वयं वामदेवमा सत्तामा पुग्ने महत्वाकांक्षा नजागेको भए सायदै नेकपाको राजनीति यो मोडमा पुग्ने थियाे।

नेकपाको राजनीतिमा वामदेव भाग्यमानी पात्र हुन्। भाग्यमानी यस अर्थमा कि नेकपाको पछिल्लो राजनीति उनकै वरिपरी घुम्यो। समाचारमा सधैं चर्चामा छाइरहे। फागुन २३ अगाडिसम्म उनी नेकपा जोगाउने अभियानमा लागेर चर्चा बटुले। आज उनी एमाले जोगाउन लागि परेका छन्।

विधिको शासन मान्ने देशमा प्रत्यक्ष चुनाव हारेका व्यक्ति सांसद हुन पाउँदैनन्। व्यक्ति स्वयंको नैतिकताले पनि त्यसो गर्न दिँदैन। तर वामदेव चुनाव हारेर पनि सांसद भए। उनला सांसद बनाउन पार्टीका शिर्ष नेतृत्वमात्र लागेनन् चुनाव जितेका सांसद समेत आफ्नो क्षेत्र खालि गरिदिन राजी भए।

प्रधानमन्त्री केपी ओलीले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरे। जब जब नेकपामा केपी, प्रचण्ड र माधव तीनतिर फर्कन्थे सबैलाइ जोड्नसक्ने सुपरग्लुको रुपमा वामदेवले आफूलाइ उभ्याए। उनी भड्किँदा मनाउनकै लागि कहिले केपी त कहिले प्रचण्ड उनको ढोका ढकढक्याउन गौतम निवाससम्मै पुगे।

युवा र विद्यार्थी नेताहरु पार्टी एकता जोगाउनु पर्यो भन्दै उनकै पाउ परे। पार्टीमा कार्यकारी भूमिका नहुदाँ पनि वामदेव सधैं कार्यकारी जसरी नै प्रस्तुत भइरहे। वामदेवकै ६ बुँदे प्रस्तावले झन्डै झन्डै मंसिरमै फुट्न आँटेको नेकपाको संकट तत्कालका लागि टर्यो।

साथ दिन छोड्यो भाग्यले

पटकपटक राजनीतिको केन्द्रबिन्दुमा रहेका वामदेव पछिल्लो समय भने कमजोर देखिन थालेका छन्। पुस ५ देखि फागुन २३ गतेसम्म आइपुग्दा उनी कुनै निर्णायक स्थानमा देखिएनन्।

नेकपाको राजनीतिमा वामदेव भाग्यमानी पात्र हुन्। भाग्यमानी यस अर्थमा कि नेकपाको पछिल्लो राजनीति उनकै वरिपरी घुम्यो। समाचारमा सधैं चर्चामा छाइरहे। फागुन २३ अगाडिसम्म उनी नेकपा जोगाउने अभियानमा लागेर चर्चा बटुले। आज उनी एमाले जोगाउन लागि परेका छन्। विधिको शासन मान्ने देशमा प्रत्यक्ष चुनाव हारेका व्यक्ति सांसद हुन पाउँदैनन्। व्यक्ति स्वयंको नैतिकताले पनि त्यसो गर्न दिँदैन। तर वामदेव चुनाव हारेर पनि सांसद भए। उनलाई सांसद बनाउन पार्टीका शिर्ष नेतृत्वमात्र लागेनन् चुनाव जितेका सांसद समेत आफ्नो क्षेत्र खालि गरिदिन राजी भए।

उनले अघि सारेको नेकपा जोगाउँ अभियानलाइ प्रधामन्त्री केपी ओली, पार्टी अध्यक्ष प्रचण्ड र नेता माधव नेपालले नै मान्यता दिएनन्। कार्यकर्ता तहबाट समेत उत्साहजनक समर्थन भएन। नागरिक समाज र मिडियाले नि उनको अभियानला स्थान दिएन।

त्यसैले उनले प्रयोग गर्ने कार्डले काम गर्न छोडेको छ। गौतमलाई नजिकबाट चिन्नेहरु नै वामदेव कार्ड कमजोर हुनुमा उनको ढुलमुले व्यवहार जिम्मेवार छ भन्छन्। गौतम छिट्टै भावुक हुन्छन्। आश्वासनलाई पत्याउँछन्। छलकपटक गर्दैनन् भन्नेहरु आज यिनै कारणले गर्दा वामदेव कार्डले काम गर्न छोडेको स्वीकार्दछन्।

गौतम ढुलमुले छन् भन्ने कुरा विश्वास गर्न विगतमा उनले गरेका व्यवहारहरु हेर्नुपर्छ। नेकपाको सचिवालय दुई फ्याक हुँदा उनले कहिले ओली क्याम्प कहिले प्रचण्ड क्याम्पमा आफूलाइ खोजे। एउटै ठाउँ र बिचारमा अडिग राख्न सकेनन्। प्रमको राजीनामा माग्ने बैठककमा बसेर राजीनामाकै प्रस्तावमा मत राखेर बाहिर निस्केका उनले तत्कालै ओली नै अध्यक्ष र प्रधानमन्त्रीको रुपमा रहनुपर्छ भनेर बोली फेरे।

प्रचण्ड पक्षले तयार पारेको ओली बिरुद्ध दर्तागरेको अभियोगपत्रमा समर्थन जनाए तर केही समयपछि नै अभियोगपत्र फिर्ता गर्न प्रचण्डलाई दवाव दिए। ओलीलाई पाँच वर्षसम्म सरकारमा निरन्तरता दिनुपर्छ भन्ने उनै वामदेव पछि गएर ओलीबाट सरकार चल्दैन भन्दै वक्तव्यबाजीमा उत्रीए। उनको भाग्यले बिस्तारै काम गर्न छोड्यो।

वामदेव गौतम आज पनि एमाले एक बनाउने अभियानमा छन्। तर उनको अभियानले काम गर्ने लक्षण देखिएको छैन। उनलाई यो बीचमा न केपी ओलीले सुनेका छन् न त माधव नेपालले नै। दुबै समूहमा नदेखिएका वामदेवले पार्टी एक बनाउन भन्दै आफ्नै समूह बनाएका छन्।

तर आजसम्म न त उनलाई कसैले सुनेको छ न त सुन्ने लक्षण नै देखाएका छन्। यसरी नै वामदेव राजनीतिको केन्द्रबाट क्षितिजतीर सर्दैछन् अर्थात हिजोको नेकपामा बलियो देखिएको वामदेव कार्ड बिस्तारै कमजोर हुँदैछ।

हुँदाहुँदा यस्तो दिन आयो, वामदेवले मदन भण्डारीलाई पनि गलत सावित गरे। मदन भण्डारीले वामदेवका बारे भनेका थिए–वामदेव कार्यकारी भएको पार्टी धुलो हुन्छ, बामदेव नभएको पार्टी लुलो हुन्छ। वामदेव न कार्यकारी हुन सके, न पार्टीलाई एकतावद्ध बनाउन सके।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *