बागमतीमा विषयगत समितिका सभापतिलाई शपथ
मकवानपुर। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गत रहेका विषयगत समितिका नवनिर्वाचित सभापतिलाई आज एक समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका छन्।
प्रदेशसभा नियमावली २०७४ अनुसार अब विषयगत छ समिति रहने व्यवस्था गरिएको छ। उक्त विषयगत समितिअन्तर्गत पर्ने प्रदेश मामिला समितिको सभापतिमा छिरिङदोर्जे लामा, सार्वजिनक लेखा समितिको सभापतिमा श्रीराम लामिछाने र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा ठाकुरप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी, अर्थ तथा विकास समितिको सभापतिमा नुर बज्राचार्य, उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिको सभापतिमा मायादेवी शर्मा पनि निर्विरोध निर्वाचित भए।
प्रदेशसभाको पहिलो कार्यकालअन्तर्गत विषयगत पाँच समिति रहेकामा हाल सर्वदलीय संयुक्त बैठकको निर्णय भएअनुसार विशेषाधिकार समिति गठन गरिएको र त्यसलाई प्रदेशसभाको बैठकले स्वीकृत प्रदान गरेको थियो। प्रदेशसभाको बैठकले स्वीकृति प्रदान गरेअनुसार विशेषाधिकार समितिले पनि स्थायित्व प्रदान गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक मधुसूदन पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment