वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

डिसी नेपाल
९ चैत २०७७ १४:३६
136
Shares

काठमाडौं। नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ। उनीहरुलाई स्पष्टीकरण सोधेको पत्र सोमबार नेपाहरुलाई बुझाइएको छ।

वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफ्ना सहयोगीमार्फत पत्र बुझेका छन् भने भीम रावलले पत्र बुझ्न अस्विकार गरेका छन्। उता घनश्याम भुसालले पनि पत्र बुझेका छैनन्। चारै जना नेताहरुलाई तीन दिनभित्र स्पष्टीकरण दिन पनि भनिएको छ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। माधव नेपाल समूहले उक्त बैठक बहिष्कार गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *