माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि

डिसी नेपाल
९ चैत २०७७ १८:५१
124
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी समिति बैठक बोलाएको छ। वर्तमान राजनीतिक संकटबारे छलफल गर्न भन्दै मंगलबार बिहान ८ बजेका लागि स्थायी समिति बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिइरहेको तर प्रधानमन्त्रीको राजीनामा मागिरहेको माओवादीले यो विषयमा आफ्नो प्रष्ट धारणा बनाएको छैन। यही विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

सर्वोच्च अदालतले फागुन २३ मा तत्कालिन माओवादी र एमालेबीचको एकीकरणलाई खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि ओली नेतृत्वको सरकार गठबन्धन सरकारमा परिणत भएको छ। र यो गठबन्धन सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन यथावत छ।

तर, प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनमा दिनुपर्ने माओवादी नेताहरुले सार्वजनिक रुपमा भाषण गर्दै आएका छन्। राजीनामा पनि माग्ने समर्थन पनि दिइरहेने माओवादीको यो दोहोरो नीतिका कारण अहिलेको राजनीतिक संकट झन गहिरिँदै गएको विश्लेषण हुन थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *