नेकपा खारेज गर्ने सर्वोच्चको फैसला विरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय
फाइल फाेटाे।
काठमाडौं। एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेकपा खारेज गर्ने सर्वोच्चको फैसला विरुद्ध माओवादी केन्द्रले पुनरावलोकनमा जाने निर्णय गरेको छ।
मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपा खारेज गर्ने सर्वोच्चको फैसाला विरुद्ध पुनरावलोनकमा जाने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।
माओवादी केन्द्रले मंगलबार विहान कानुन व्यवसायीसँग पनि छलफल गरेको थियो। कानुन व्यावसायीले पुनरावलोनकमा जान सुझाव दिएका थिए। त्यस लगत्तै बसेको स्थायी कमिटी बैठकले नेकपा खारेज गर्ने सर्वोच्चको फैसला विरुद्ध पुनरावलोनमा जाने निर्णय गरेको हो।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइ दिएको थियो। स्थायी कमिटी बैठकमा नेकपा खारेज गर्ने फैसला विरुद्ध पुनरावलोकनमा जाने बाहेक अन्य विषयमा छलफल नभएको स्थायी कमिटी सदस्य पौडेलले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment