तस्वीरमा हेर्नुहोस् ठमेलमा होलीको रौनक
काठमाडौं। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइएको छ । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ। साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको थियो ।
राजधानीको ठमेल क्षेत्रमा पनि होलीको रौनक देखियो यद्यपि महामारीका कारण विगतका वर्षहरूमा भन्दा रौनक केही कम थियो । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।
कोभिड- १९ को दोश्रो लहर आउने सम्भावनालाई बिज्ञहरुले नकारेका छैनन् । यता ठमेलमा भने युवाहरूले यस भनाइलाई बेवास्ता गर्दै फागु खेलेको पाइयो ।
हेर्नुहोस् ठमेल क्षेत्रमा मनाइएको होली –





















No ads found for this position


Facebook Comment