जीप दुर्घटनामा चालकको मृत्यु

डिसी नेपाल
१८ चैत २०७७ १३:३५

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको छ।

जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते चालक राईको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते फिदिम–२ का २२ वर्षीय आशिष राईलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *