नयाँ गन्तव्यतिर लम्केको नेप्से हालसम्मकै उच्च विन्दुमा

डिसी नेपाल
२२ चैत २०७७ १७:१३

काठमाडौं। साताको पहिलो दिन सेयर बजार पसिूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ। साताको पहिलो दिन आइतबार नेप्से २५ दशमलव ७१ अंकले वृद्धि भई २६ सय ५७ दशमलव ६१ विन्दुमा बन्द भयो। यो नेप्से इतिहासको सबैभन्दा उच्च विन्दु हो।

यसअघि नेप्से परिसूचक फागुन ९ गते २६ सय ४० दशमलव ३५ विन्दुमा पुगेको थियो। उक्त विन्दुलाई उछिन्दै सेयर बजार परिसूचक नेप्सेले अल टाइम हाई विन्दुको किर्तिमान कायम गरेको हाे। अघिल्लो साता करिव ८३ अंक बढेको नेप्से नयाँ गन्तव्यतिर अगाडी बढेको छ।

नयाँ वर्ष सुरु हुनै लागेको अवस्थामा लगानीकर्ताको चहलपहल बढ्ने देखिन्छ। नयाँ बजेट बन्ने क्रम जारी रहेको छ। आर्थिक वर्ष सकिन लागेकोले विकास निर्माणका कामले तिव्रता लिने हुन्छ। त्यसैले सरकारी खातामा रहेको पैसा बजारमा आउने क्रम वृद्धि हुने देखिन्छ। आर्थिक वर्ष सकिन लागेका कारण पुँजीगत खर्च गर्नै पर्ने बाध्यात्मक अवस्थामा सरकार छ। यस्तो अवस्थामा अर्थतन्त्रमा थप चहलपहल हुने देखिन्छ। यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने र नेप्से नयाँ गन्तव्यतिर अघि बढेको अनुमान लगाउन सकिन्छ।

यस्तै बैंकीङ क्षेत्रमा तरलता सहज हुँदै जानु, ब्याजदर सस्तो हुदै गएकोले पनि सेयर बजार सकारात्मक दिशातिर जाने जानकारहरु बताउँछन्। बजार घटेर विस्तारै बढिरहेकोले यसबाट सेयर बजार दिगो सुधारतर्फ अघि बढेको उनीहरुको तर्क छ।

आइतबार कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएकोे छ। आज २ कुल २ सय ९ कम्पनीको सेयर कारोबार हुँदा आज ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

आइतबार सबैभन्दा बढी कमाउनेमा वामी माइक्रोफाइनान्स वित्तीय संस्था, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स र सान्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *