नेपाल लाइफको २५औं वार्षिकोत्सव: देशभर रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिँदै
काठमाडौँ । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको २५औँ वर्ष प्रवेश (रजत जयन्ती) का अवसरमा बृहत् सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू घोषणा गरेको छ। “Life is Precious! Let’s uplift it together” भन्ने मूल नाराका साथ कम्पनीले निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो।
कम्पनीले मानव जीवनको सुरक्षा र स्वास्थ्य सचेतनालाई प्राथमिकता दिँदै बैशाख २१ र २२ गते दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ। उक्त शिविर कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा बिहान ९:३० बजेदेखि साँझ ६:३० बजेसम्म चल्नेछ। शिविरमा सर्वसाधारणले निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन्।
यसैगरी, रगतको अभावलाई कम गर्न र जीवन बचाउने महान् कार्यमा योगदान पुर्याउन कम्पनीले बैशाख २१ गते नै बृहत् रक्तदान कार्यक्रम समेत आयोजना गर्दैछ। काठमाडौँको हकमा कमलादीस्थित हेरिटेज प्लाजामा बिहान ९:३० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम हुनेछ। विशेष कुरा के छ भने, कम्पनीले सोही दिन (बैशाख २१ गते) देशका सातै वटा प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।
नेपाल लाइफले आफ्नो २५ वर्षको व्यावसायिक यात्रामा साथ दिने सबै सरोकारवालाप्रति आभार प्रकट गर्दै यी सामाजिक कार्यक्रमहरूमा सहभागी भई स्वास्थ्य लाभ लिन र रक्तदान गर्न सबैमा अपिल गरेको छ। स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र मानवीय सेवामा समर्पित हुने उद्देश्यले आयोजना गरिएका यी कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले लिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment