वैदेशिक रोजगार विभागका महानिर्देशकको सरुवा

डिसी नेपाल
२५ चैत २०७७ १३:१६

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरुवा भएको छ । दाहाल मुख्यमन्त्रीको कार्यालय लुम्बिनीमा सरुवा भएका हुन् ।

विभागका सूचना अधिकार महेन्द्रनाथ भट्टाराईले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवाको आधिकारीक जानकारी आउन भने बाँकी रहेको बताए ।

यसअघि विभागका तत्कालीन महानिर्देशक डा.भीष्मकुमार भुसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि दाहालले गत वर्ष माघ २२ गते विभागको महानिर्देशकको जिम्मेवारी सम्मालेका थिए । तत्कालीन महानिर्देशक डा.भुसालले पनि १० महिना मात्रै विभागको नेतृत्व गरेका थिए ।

कारोनाका कारण ठप्प भएको वैदेशिक रोजगार लकडाउन खुलेसँगै क्रमिक रुपमा चहलपहल बढ्दै गएको थियो । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संख्या पनि उल्लेखिय मात्रामा बढिराखेको थियो । विदेश जाने युवाहरुको संख्या बढेसँगै ठगीमा पर्नेको संख्या पनि बढ्दै गएको थियो ।

तिनै ठगीमा परेका पीडित श्रमिकका पक्षमा आवाज उठाउँदै आएका महानिर्देशक दाहालले देशैभरि वैदेशिक रोजगारीको नाममा व्यवसायीलगायतले गरेको अवैधानिक क्रियाकलापविरुद्ध कडाई गर्दै आएका थिए ।

विदेश जाने युवा ठगीमा परेर पीडित नहुन भन्ने हिसाबले काम गर्नमा लागिपरेको बताउँदै आएका महानिर्देशक दाहालले पछिल्लो समय अभिमुखीकरण तालिम केन्द्रको समेत अनुगमनलाई तिब्र पारेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *