रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ नामक पुस्तक लोकापर्ण

डिसी नेपाल
२८ चैत २०७७ २२:३६
36
Shares

काठमाडौं । पत्रकार एवं राजनीतिज्ञ रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ नामक कृति लोकापर्ण गरिएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्ले, लेखक मिश्र र टेलिभिजन पत्रकार समा थापाले शनिबार आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरेका हुन् ।

सो अवसरमा पूर्वप्रधानमन्त्री थापाले राजकाज र राजनीतिलाई अलग गरेर हेर्न नमिल्ने बताउँदै आफनो प्रधानमन्त्रीत्वकालमा शान्ति प्रक्रिया र सेना समायोजनका मुद्दा जल्दाबल्दा समस्याका रूपमा रहेकाले राज्य सञ्चालन गर्नु त्यो बेला सहायक रहेको धारणा व्यक्त गरे ।

“परिवर्तनकारीको मुद्दा बोकेर आन्दोलन गरेका शक्तिले कम्तीमा १० वर्ष राज्य सञ्चालन गर्ने अवसर प्राप्त गरेमा विकास र समृद्धिका हिसाबले रूपान्तरण गर्न सकिन्छ”, उनले भने, “अहिलेका पुस्ताले समृद्धिका लागि वातावरण बनाएकाले आगामी पुस्तालाई बाँकी कार्यभार पुरा गर्न सहज हुनेछ, सकारात्क सोच राखेर राष्ट्र निर्माणमा सबैको भूमिका हुनुपर्छ ।”

उपाध्यक्ष वाग्लेले नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढनै पर्ने उक्त पुस्तकको ‘नेताहरूले राजनीति धेरै जाने तर राजकाज जानेन्’ भन्ने निष्कर्षप्रति आफनो सहमति रहेको बताए ।

उनले भने, “सफल राजकाजका विश्वव्यापी उदाहरण केलाउँदा अत्यावश्क ठानिएको इमान्दारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टि विशिष्ट महत्व रहनुपर्ने आवश्कतामा जोड दिएको मिश्रको उक्त पुस्तक नेपालका लागि कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ राजनीकि दस्तावेज हो ।”

पुस्तक लेखक मिश्र पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको जगमा कल्याणकारी लोकतन्त्रको दर्शन बोकर एकै पुस्तामा देश रूपान्तरको लक्ष्यका साथ २०७४ सालमा स्थापित साझा संयोजक र हाल विवेकशील साझा पार्टीका अध्यक्ष हुन् ।

पुस्तकमा अनपेक्षित आग्रह, अपेक्षित दृढता, शिक्षा किन राज्यकै दायित्व, अराजकीय राजकीय भ्रमण, नेपाल कम्युनिष्ट पार्टी कसरी, राजनीतिसँगै राजकाज, दलीय पेशागत सङ्गठन बन्द गरौँ, धनीहरुको सुकुम्बासी बस्ती, नेपाल फर्कौँ अभियान, सफल नेताका पञ्चगुण, राजनीति र कला, नीति र नियत, निर्वाचन सुधारका कुरा, दूत र दूतावासका दूत, राजनीति मायाजालको पीडा र गैरअर्थशास्त्रीको अर्थशास्त्रीय सुझाव शीर्षकका लेख समेटिएको छ ।
फाइन प्रिन्ट्स बुकले प्रकाशन गरेको उक्त पुस्तक ३९६ पृष्ठको छ ।

टेलिभिजन पत्रकार समा थापाले लोकतान्त्रिक मूल्य मान्यता अवलम्बन गरेको मुलुकमा सुशासन भनेको हावाजस्तै अनिवार्य शर्त र महत्वपूर्ण भएको विषय पुस्तकमा समेटिएको धारणा राखिन्।

लेखक मिश्रले राज्यको रूपान्तरण गर्न नसक्ने नेतालाई राजनेता भन्न नसुहाउने धारणा राख्दै राजनेतामा इमान्दारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टि हुन आवश्यक रहेको विचार प्रकट गरे ।

उनले भने, “राजनीतिमा नहुनुपर्ने गतिविधि भएकाले राजनीतिमा अस्थिरता आएको हो, राजनीति जानेका भनिएका व्यक्तिले राज्य सञ्चालन गर्ने विधि र प्रक्रिया बिगारेकाले नजान्ने राजनीति गर्न आउन परेको हो ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *