असिनाले तरकारी बालीमा क्षति

डिसी नेपाल
३ वैशाख २०७८ २२:४५

ताप्लेजुङ । ताप्लेजुङमा आज बेलुका परेको वर्षासहितको असिनाले करोडौँ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । असिनाले आलु खेतीमा फुङ्लिङ नगरपालिका–९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षति पु¥याएको छ ।

असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौँ, गहुँ र तरकारी बालीमा सबैभन्दा बढी क्षति पु¥याएको स्थानीय कृषकसमेत रहेका प्रधानमन्त्री आधुनिकिकरण कार्यक्रमअन्तर्गत आलु ब्लक क्षेत्रका संयोजक पासाङ् रिता शेर्पाले जानकारी दिएका छन् । बुङ्कुलुङ्गका ६० घर परिवारले लगाएको आलुसहितको नगदे खेतीमा परेको असिनाले क्षति पु¥याएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *