संसद् अधिवेशन स्थगन गरिएकोप्रति कांग्रेसको आपत्ति

डिसी नेपाल
६ वैशाख २०७८ २३:२३
40
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। वैशाख ७ गते प्रतिनिधिसभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौँ महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरिएको कांग्रेसको निष्कर्ष छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले संसद्बाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले कोरोना सङ्क्रमण महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवनरक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

विश्व बजारमा उपलब्ध भइसकेको कोरोनाविरुद्धको भ्याक्सिन पर्याप्त मात्रामा आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र दु्रत अभियान सञ्चालन गर्न बैठकले सरकारसँग माग गर्ने निर्णय गरेको छ। कोरोनाबाट जोगिन सतर्कताका साथ सुरक्षाका रणनीतिहरु अनिवार्य रुपले पालना गर्न आम जनतालाई समेत कांग्रेसले अपिल गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *