प्रधानमन्त्री ओलीद्वारा एमाले केन्द्रीय कार्यालयकाे शिलान्यास

डिसी नेपाल
९ वैशाख २०७८ ९:३६
108
Shares

काठमाडौं। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुस्थित आफ्नै पुरानो कार्यालय रहेको जग्गामा नयाँ बन्ने भवनको शिलान्यास गरेका छन्। बिहीबार कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा ओलीले पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका हुन्।

बल्खुमा नेकपा एमालेको नाममा करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको जग्गा छ। २०७२ सालमा गएको भूकम्पले बल्खुस्थित एमाले कार्यालय भवनमा क्षति पुगेको थियो।

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको हालैको बैठकले बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवन बनाउने निर्णय गरेको थियो।
एमालेको नयाँ बन्ने भवन नेपालकै अहिलेसम्मको अत्याधुनिक पार्टी कार्यालय बताइएकाे छ। सभाहल, बैठक कक्षसहित पर्याप्त पार्किङको सुविधा हुने गरी भवनको डिजाइन गरिएको छ।

सबै तस्वीर : फुर्पा शेर्पा/डिसी नेपाल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *