महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भने – ‘माग पूरा नभए ओलीलाई सघाइँदैन’

डिसी नेपाल
९ वैशाख २०७८ १६:५०

काठमाडौं। जनता समाजवादी पार्टीमा पनि छुट्टाछुट्टै पार्टीको अभ्यास सुरु भएको छ । एउटै पार्टी भएर पनि दुई समूहमा विभाजित जसपाको आज अध्यक्ष महन्थ ठाकुर पक्षको भेला भएको छ । छलफलमा ठाकुरले आफू पक्षका सांसदहरुलाई आफूहरुको माग पूरा हुने अवस्थामा मात्र ओली सरकारलाई सघाइते बताएका छन् ।

पूर्व राजपा पक्षका सांसदहरु पूर्वराजपाकै संसदीय दलको कार्यालय सिंहदरबारमा बसेका थिए । छलफलमा अध्यक्ष ठाकुरले सांसदहरुलाई अहिलेसम्म सत्ता साझेदारीका विषयमा केपी शर्मा ओलीसँग अहिलेसम्म भएको छलफल र त्यसमा भएको उपलब्धीबारे जानकारी गराएका थिए । उनले अहिलेसम्म आफूहरुको माग पूरा नभएको बताउँदै माग पूरा हुने अवस्थामा मात्र ओली सरकारलाई सघाइने बताएका थिए ।

जसपाले सरकारसँग मधेस आन्दोलनका क्रममा भएका घटनाका मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता समस्या, संविधान संशोधनलगायतका विषयमा मागहरु राखेको छ । राजपा नेता लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा अध्यक्ष ठाकुरले सांसदहरुलाई जानकारी गराएएका हुन् । अहिलेसम्म आफूहरुको माग पूरा नभएकोले सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे कुनै पनि औपचारिक निर्णय नभएको कर्णले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *