प्रधानमन्त्री ओली र वामदेवबीच बालुवाटारमा भेटवार्ता, वामदेवले ओलीलाई सघाउने संकेत

डिसी नेपाल
९ वैशाख २०७८ २२:२३

काठमाडौं। सत्तारुढ दल एमालेमा चर्कँदो विवादका बीच बिहीबार अबेर प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ। बालुवाटारमा भएको यो भेट सकरात्मक रहेको बालुवाटार निकट स्रोतले जनाएको छ।

सो भेटपछि भेटमा सहभागी रहेका एमाले प्रमुख सचेतक विशाल भट्टराईले वामदेवले ओलीलाई सघाउने संकेत गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा तस्वीरसहित लेखेका छन्, ‘

कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें ‘तपाइहरु बीचको सम्बाद सकारात्मक (नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है कमरेड ?’
सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसङको सम्बादपछि उहाँले भन्नुभो  ‘केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा एमालेको अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ।’ अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि।’

बिहीबार नै प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो। यद्यपी होट मेरियटमा भएको सो भेट सकरात्मक नरहेको बताइएको छ। वरिष्ठ नेता माधवकुमार नेपालसहित ३२ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ ५ जना नेताले दिएका छन्। नेता नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत नेताले स्पष्टीकरण बुझाएका छन्। स्पष्टीकरण प्रकरणपछि एमाले विभाजित हुने चर्चा चलेको थियो। तर, बुधबार र बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच वार्ता भएपछि एमाले कार्यकर्ताहरुमा उत्साह जागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *