फागुन २८ को निर्णय सच्याए एमाले विवाद एक सेकेण्डमा सकिन्छ : खतिवडा
काठमाडौं। नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको निर्णय नसच्चाएसम्म पार्टीभित्रको विवाद समाधान नहुने बताएका छन्।
उनले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि पार्टी २ जेठ २०७५ मा फर्किएकाले त्यसलाई स्वीकार गर्दै फागुन २८, २०७७ को निर्णय सच्याउने हो भने पार्टीभित्रको विवाद एक सेकेण्डमै मिल्ने बताएका हुन्।
‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिमात्रै गर्ने हो भने पार्टीभित्रको सबै विवाद समाधान हुन समय लाग्दैन,’ खतिवडाले डिसी नेपालसँग भने, ‘त्यसो हुँदा पार्टी नवौं महाधिवेशनको कार्यदिशा अनुसार चल्छ। त्यसका लागि अध्यक्ष स्वयंले पहल गर्नुपर्छ।’
उनले आज बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा आफूहरु सहभागी नहुने पनि जनाए। उनले नवौं महाधिवेशन अनुसार निर्वाचित ओलीको कार्यकाल अगाडि नै सकिए पनि अहिलेको विशेष परिस्थितिमा यही रुपमा महाधिवेशन नहुने भएकाले ओली अध्यक्ष कायम रहेकाले स्वेच्छाचारी बन्न नहुने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment