केपी ओलीको दम्भ धरहराको टुप्पोमा छ : माधव नेपाल
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले जनकपुर पुगेर आन्दोलन नछोडेको घोषणा गरेका छन्। जनपुरमा पत्रकाहरुसँग कुरा गर्दै उनले केपी ओलको दम्भ अझै बढेको टिप्पणी गरे।
नेता नेपालले भने, ‘केपी शर्मा ओलीको दम्भ भ-याङ उक्लेर धरहराभन्दा माथि बसेको छ । त्यसैले हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो उहाँ । धरहरा हेरेर उहाँले आफ्नो दम्भ देखाइरहनु भएको थियो।’
ओलीको दम्भले आफूलाई फरक नपरेको दोहो-याएका छन्। नेकपा एमालेले पार्टीबाट निष्कासन गरे पनि आफू लोकतन्त्र, पार्टी र संघीयता नछोडी आन्दोलनमा लागि रहने नेपालको भनाइ छ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला दुई दिन होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको थियो। लामोसमयपछि उनीहरुको भेटलाई लिएर कार्यकर्ता उत्साहित भए पनि नेपालको भनाइले पार्टी अझै संकटमा रहेको प्रष्ट हुन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment