प्रधानमन्त्री ओलीले एमाले फुटाउन लागेको भीम रावलको आरोप

डिसी नेपाल
१० वैशाख २०७८ १७:३०

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन लागेको आरो लगाएका छन्। शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा बोल्दै रावलले पार्टी फुटाएर जानेकाम आफूले नगरेर ओलीले गरेको बताएका हुन्।

‘ओलीजी पार्टी फुटाएर जाँदैहुनुहुन्छ,’ रावलले भने,‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं ।’ धम्किबाट नडराउँने भन्दै रावलले आफूहरु एमालेबाट नभागने बताए। नवौं महाधिवेसनको म्याण्डेट अनुसार आफू पार्टीको उपाध्यक्ष भएको रावलको तर्क थियो।

अर्को प्रशंगमा रावलले व्यक्तिले हटाउँदैमा सांसद पद पनि नजाने जिकिर गरेका थिए। उनले भने, ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन, सांसद पदबाट मुक्तहुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्काहोस्।’ सांसद पद जाने गरी विधिविधान विपरित कार्य नगरेकाले अध्यक्ष केपीशर्मा ओलीले पदमुक्तगर्न नसक्ने रावलको तर्क थियो।

उनले ओलीको गतिविधिका कारण एमाले विभाजन तर्फ गएको बताए। अलग पार्टी चलाएको र संचालन गरेको भन्ने कुरा हास्यास्पद भएको रावलको भनाइ छ।

सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग ओलीले गरेको दुई चरणको भेट भ्रम छर्ने रणनीति भएको रावलको भनाइ छ। ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटी अवैधानिक भएको रावलको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *