राष्ट्रियसभा उपनिर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि वाग्मती प्रदेशको हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना (एक जना जगेडासमेत) जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउनेसमेत निर्णय गरेको आयोगले जनाएको छ।
आयोगले बिहीबार वाग्मती प्रदेशको अन्य समूहतर्पmबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको एक पदको लागि आगामी जेठ ६ गते राष्ट्रियसभा सदस्य उपनिर्वाचन गर्ने निर्णय गरेको थियो। सो निर्वाचनको तयारीका सन्दर्भमा आयोगको शुक्रबार बसेको बैठकबाट निर्वाचन पूर्व, निर्वाचनको समयमा र निर्वाचन पश्चात् गर्नुपर्ने कार्य समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरेको आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै उपनिर्वाचनका लागि मतदानको समय बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म निर्धारण गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment