स्वास्थ्य मापदण्ड पालना गर्न देउवाको अपील

डिसी नेपाल
१३ वैशाख २०७८ १७:५८
64
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाको महामारी बढेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा अपील गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट बच्न सबैले स्वास्थय मापदण्ड पालना गर्नुपर्ने भन्दै सबैमा अपील गरेका छन्।

काँग्रेसले कोरोनाको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न आवश्यक स्वास्थय सामाग्रीको व्यवस्गा गर्न सरकारसँग माग गरेको छ। काँग्रेस सभापति देउवाले भनेका छन्, ‘संक्रमितहरुको उपचार पूरागर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ। यस अवस्थामा, परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हर सम्भव उपायहरु गर्न म सरकारसँग माग गर्दछु। साथै संक्रमितहको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामाग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउने तर्फ सरकार गम्भीर हुन माग गर्दछु।’

काँग्रेसले कोरोनाविरुद्धको खोप उपलब्ध गराएकोमा छिमेकी मुलुक भारत र चीनको प्रशंसा गर्दै अग्रिम बुकिंग गरेर खोप स्टोर गरेका मित्र राष्ट्रहरुसँग पनि सहयोगका लागि आव्हान गरेका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *