उपत्यकामा निषेधाज्ञा हुने अघिल्लाे दिन घर जानेकाे लर्काे (फाेटाेफिचर)

फुर्पा शेर्पा
१५ वैशाख २०७८ १५:५९

काठमाडौं। बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा हुने भएपछि धेरै सर्वसाधारणहरू घर तर्फ फर्कीएका छन्। काठमाडाैंकाे नयाँ बसपार्कमा ग्याससहित घरफर्किरहेकाे देख्न पाइन्थ्याे।

२०७६ को चैतको शुरुमै देशमा लकडाउन हुने चर्चाले काठमाडौं रित्तिन थालिसकेको थियो। चैत ११ मा लकडाउन हुनुअघि काठमाडौंबाट लाखौं मानिसहरु अकाठमाडौंबाट आफ्नै गाउँ फर्किए।

 

अवस्था सामान्य बन्दै गएपछि असारबाट काठमाडौं छोडेकाहरु फेरि यता आउन थाले। दशैंपछि ढुक्कले काठमाडौंमा बस्नेहरु फेरि काठमाडौं छाड्दै छन्। फेरि आफ्नै गाउँतिर फर्किन थालेका छन्। कोरोना महामारीको पहिलो लहर झेलेर सामान्य जीवनयापन गर्न शुरुमात्र हुन लागेका बेला कोरोनाको दोस्रो लहरले देशलाई कर्लप्पै पार्न लागेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामात्र २ हजारभन्दा धेरै संक्रमित भएका छन्। देशमा संक्रमितको संख्या २६ हजार नाघेको छ।

 

बिहीबार बिहानदेखि काठमाडौं उपत्यकामा निशेषाधाज्ञा लागु हुँदैछ। यो पटक लकडाउन शब्द प्रयोग गरिएको छैन। र प्रतिबन्धहरु पनि लकडाउन जतिको कडा छैनन्। तर, यो निशेषाधाज्ञा पनि सामान्य जीवनयापन गर्न सहज छैन। विद्यालय बन्द भएका छन्। परीक्षा स्थगित भएका छन्। पसल, व्यवसाय, उद्योग, निर्माण बन्द भएका छन्। जसले गर्दा काठमाडौंमा बस्ने विद्यार्थीदेखि मजदुरहरु आफ्नै गाउँ फर्किन बाध्य भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *