भारतमा फेरि कोरोना अस्पतालमा आगलागी, २ नर्ससहित १८ जनाको मृत्यु

डिसी नेपाल
१८ वैशाख २०७८ ८:४१
92
Shares

काठमाडौं। भारतमा फेरि कोरोना अस्पतालमा आगलागी भएको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटिआइलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएको छ । गुजरातको भरुच सहरको पटेल वेलफेयर अस्पतालमा बनाइएको कोरोना केयर वार्डमा आगलागी भएको हो । हेर्दाहेर्दै आगो आइसीयूसम्म पुगेको थियो । घटना शुक्रबार राती करिब साढे १२ बजे भएको बताइएको छ ।

घटनामा परि कोभिड वार्डमा उपचार गराइरहेका १६ जना बिरामी र २ जना अस्पतालमा कार्यरत नर्सको मृत्यु भएको छ। घटनामा परि धेरै व्यक्ति घाइते भएको बताइएको छ।

बताइएअनुसार आइसीयू नजिकबाटै आगो लाग्न सुरु भएको थियो । आगो निकै तीब्र गतिमा फैलिएकोले बिरामीलाई बचाउन समयको अत्यन्तै अभाव भएको थियो । जानकारीअनुसार कोरोना वार्डमा करिब ४९ जना बिरामी थिए । तीमध्ये २४ जना बिरामी आइसीयूमा थिए । अस्पताललाई हतारहतार खाली गराएर बचेका बिरामीलाई अर्को अस्पतालमा सारिएको छ । आगो लाग्नुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

कोरोना भाइरसको संक्रमण तिव्र भएपछि पटेल वेलफेयर अस्पतालका रुपमा रहेको उक्त अस्पताललाई कोरोना अस्पताल बनाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.