प्रधानमन्त्री ओलीले अहिलेसम्म विश्वासको मत नै माग्नु भएको छैन : जसपा नेता झा
काठमाडौं। जनता समाजवादी पार्टीका नेता सुरेन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा विश्वासको मत नमागेको बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै नेता झाले अझै पनि जसपा पर्ख र हेरको अवस्थामा रहेको जानकारी दिए।
‘नेकपा एमालेको अवस्था के हुन्छ त्यो अनुसार हामी अगाडि बढ्छौं,’ नेता झाले भने, ‘सरकारसँग हामी राखेका मागहरुमा सरकार सकारात्मक छ। सकारात्मक हुँदा हुँदै पनि पार्टी फुटेको अवस्थामा प्रधानमन्त्रीको राजनीतिक कोर्ष नै चेन्ज हुन्छ। त्यो अनुसार हामी अगाडी बढ्ने छौं।’
लुम्बीनी प्रदेशका सांसदहरुलाई कारवाही गर्ने सन्दर्भमा पार्टी भित्रका दोश्रो अध्यक्ष र संघीय परिषद अध्यक्षद्वारा गरिएको बैठक प्रति आपत्ति जनाउँदै झाले पार्टीभित्र कुनै विवाद नरहेको बताए। उनले विचारहरु फरक भए पनि विवाद नभएको र लुम्बीनी प्रदेशको हकमा भने नेतृत्वबीच तिक्तता बढाएको उनले बताए।
लोकतान्त्रिक पार्टीभित्र घरघरमा गएर हस्ताक्षर गराएर बैठकको हवाला दिनु अशोभनीय भएको उनको भनाइ छ। उनले भने, ‘त्यो अशोभनीय नै थियो। अहिले पार्टीका नेताहरुले त्यो बारेमा रियलाइज पनि गरिरहनु भएको छ।’
बैकल्पिक शक्तिको रुपमा जसपा आउन लागेपछि सत्तापक्षबाट प्राहर भएको पनि नेता झाले बताए। उनले भने, ‘अलगअलग आन्दोलनलाई समिश्रण गरेर नेतृत्व चयन गरेका छौं। देशमा लोकतान्त्रिक विधिको स्थापना गर्न, बैकल्पिक शक्ति बन्न जसपा अघि बढ्न लाग्दा सत्तापक्षबाट हामीमाथि प्राहर भइरहेको छ। हामी त्यो प्राहर छिचोल्छौं, पार्टी फूट्दैन।’
राजवन्दी रिहाइ, झुटामुघद्धा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता विधेयकलगायतका मागहरु सकारात्मक रुपमा अगाडी बढेको पनि नेता झा ले बताए।







डिसी नेपाल








Facebook Comment