प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा हुँदैछ नयाँ मूल्य पछि कारोबार ?

डिसी नेपाल
२६ वैशाख २०७८ १०:५२
80
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ८ सय ८४ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा सेयरमूल्य समायोजन गर्ने गरेको छ। गत बिहीबार इन्स्योरेन्सको सेयर प्रतिकित्ता ९ सय ७२ रुपैयाँ थियो।

इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न जेठ ६ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। त्यसैले इन्स्योरेन्सले आज (बैशाख २६ गते) बुकक्लोज गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.