सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो
काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको छ।
सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ।
यता, चाँदीको भाउ भने सामान्य घटेको छ। यसअघि प्रतितोला एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पाँच रुपैयाँले बढेर एक हजार ३ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment