संक्रमित सांसदहरु पनि मतदानमा सहभागी हुन पाउने

डिसी नेपाल
२६ वैशाख २०७८ १६:२५

काठमाडौं। प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा कोरोना संक्रमित सांसदहरुले पनि सहभागिता जनाउन पाउने भएका छन्। आइतबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकले संक्रमित सांसदले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावमा मतदान गर्न पाउने सहमित गरेको हो।

हाल प्रतिनिधिसभाका २६ जना सांसदहरुलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमित हुनेहरुमा सत्तारुढ दल एमालेकै सांसदहरु धेरै छन्। मतदान गर्न पाउने भए पनि कोरोना संक्रमित सांसदले बैठक हलमा भने जान नपाउने संसद सचिवालय स्रोतले जनायो। उनीहरुलाई मतदानका लागि छुट्टै व्यवस्था गरिने भएको हो।

संसद अधिवेशन शुरु हुनुअघि सचिवलायले सबै सांसदहरु, सचिवलायका कर्मचारी, मर्यादा पालक र पत्रकारहरुको पीसीआर परीक्षण गरेको थियो। सो परीक्षणमा नेगेटिभ रिजल्ट आएका सांसदहरुलेमात्र बैठक हलमा जान पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *