ओलीले जारी गरे वक्तव्य, विवाद समाधानको सम्भावना समाप्त भएको संकेत
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद चर्किरहेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह एक वक्तव्य जारी गर्दै पार्टीको हितविपरित काम गर्नेलाई इतिहासले माफी नगर्ने बताएका छन्।
कसैको नाम उल्लेख नगरी उनले भनेका छन्, ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्नपराजित गर्न र विरोधीको स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वासको प्रस्ताव राख्ने, र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन्।’
माधव समूह र ओली समूहबीच पार्टीको विवाद समाधानका लागि अन्तिम प्रयास भइरहेको समयमा अध्यक्ष ओलीले जारी गरेको यो विज्ञप्तिले विवाद समाधानको सम्भावना समाप्त भएको देखाएको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment