विश्वासको मतको पक्षमा मतदान नगर्ने जसपा निर्णय

डिसी नेपाल
२६ वैशाख २०७८ १७:५८

काठमाडौं। जनता मासजवादी पार्टीले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। आइतबार बसेको जसपा शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्ने निर्णय गरेको हो।

जसपाले प्रधानमन्त्रीको पक्षम मतदान नगर्ने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। तर, जसपाले ह्वीप भने जारी नगर्ने भएको छ। ओली सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विवादमा फसकेको जसपाले आइतबार गरेको यो निर्णयलाई मध्यमार्गी निर्णय भनिएको छ।

कुनै एक पक्षमा निर्णय गर्दा पार्टी विभाजन हुने देखेपछि विश्वासको मतको पक्षमा मतदान नगर्ने निर्णय भएको हो। तर, विपक्षमा मतदान गर्ने निर्णय पनि भएको छैन। ह्वीप पनि जारी नभएकाले जसपाका सांसदहरुले आफूखुशी मतदान गर्न पाउने भएका छन्।

अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेताहरु राजेन्द्र महतो तथा अशोक राईबीच आइतबार भएको बैठकले यो निर्णय लिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *