देउवा, प्रचण्ड र यादवले थाले गठबन्धन सरकार बनाउन पहल, तर यतिले बहुमत पुग्दैन

डिसी नेपाल
२७ वैशाख २०७८ १८:५१

काठमाडौं। संसदबाट विश्वास गुमाउँदै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै विपक्षीहरुले बुहमतीय सरकार बनाउनका लागि पहल थालेका छन्। सोमबार संसदमा प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि विपक्षी दलहरुले सँयुक्त विज्ञप्ति जारी गर्दै बहतीय सरकार गठनको प्रक्रिया शुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आव्हान गरेका छन्।

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सँयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रक्रिया शुरु गर्न राष्ट्रपति समक्ष आव्हान गरेका हुन्।

विपक्षी गठबन्धनले बहमतीय सरकार बनाउनका लागि केही गणितीय समस्या भने सोमबार प्रतिनिधिसभामा मतविभाजन हुँदा देखिएको छ। २७५ सदस्यीय प्रतिनिधिसभा हाल २७१ सदस्यीय कायम भएको छ। त्यसमा पनि ४ जना सांसद निलम्बित भएकाले उनीहरुले मतदान गर्न पाउँदैनन् भने सभामुख भएकाले अग्नि सापकोटाले पनि मतदान पाउँदैनन्। तर, बहुमतका लागि १३६ सांसद आवश्यक पर्छ। सोमबार प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको विपक्षमा मात्र १२४ मत परेको छ। विपक्षी गठबन्धन पनि बहुमतबाट अझै १२ सिट टाढा छ।

विपक्षी गठबन्धनमा देखिएको जसपा सिंगो भएको भए सोमबार यस्तो दृश्य देखिने थिएन। जसपाका अध्यक्ष उपेन्द्र यादवले विपक्षीको गठबन्धनमा हस्ताक्षर गर्दै बहुमतीय सरकारका लागि आव्हान गरे पनि उनको पार्टी भने विभाजित छ। ३४ (२ निलम्बित) सदस्य रहेको जसपामा उपेन्द्र समूहमा मात्र १७ जना छन् भने महन्थ ठाकुर समूहमा १५ जना।

विपक्षी गठबन्धनको सबैभन्दा ठूलो दल काँग्रेसको सिट ६३ (२ निलम्बित) र माओवादीको ५० (१ स्वतन्त्र)सहित छ। यसरी हेर्दा हाल मतदान गर्न पाउने विपक्षी गठबन्धनका सांसदहरुको संख्या १२६ छ। माओवादीका सांसद अग्नि सापकोटा सभामुख भएकाले माओवादीको मतदान गर्न पाउने सिट संख्या ४९ मात्र छ। राष्ट्रिय जनमोर्चाले पनि सहयोग गर्ने सम्भावना रहेकाले एक सिट उसको जोड्दा विपक्षीको सिट संख्या १२७ पुग्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *