राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो
काठमाडाैं। पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई संसदीय दलको नेताको नेताबाट हटाएको छ।
सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएकी हुन्।
जनमोर्चाको संसदीय दलको बैठकले नयाँ सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयविरुद्धको काम कारवाहीमा थापा संलग्न रहेको बताएको छ ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment