नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब बढीको कारोबार
काठमाडौं। साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक शून्य दशमलव ५६ अंकले बढेर २६ सय ७३ दशमलव ८८ विन्दुमा बन्द भएको छ।
यस दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव १४ अंकले बढेर ४ सय ७८ दशमलव ३८ विन्दुमा रोकिएको छ।
बुधबार कूल २ सय १५ कम्पनीको एक करोड ४८ लाख ५४ हजार ४ सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बजार सामान्य अंकले बढे पनि यस दिन नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (तराई) र आखुखोला जलविद्युत् कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ।
यस्तै सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले प्रतिकित्ता २ दशमलव २७ प्रतिशतका दरले गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment