अमेरिकी संसदमा नेपालबारे छलफल, थप एक अर्ब बीस करोड दिइने

डिसी नेपाल
३० वैशाख २०७८ ८:११

वासिंगटन डिसी। अमेरिकी संसद सिनेटको फरेन रिलेसन्स कमिटीमा नेपालमा कोरोना महामारी र नेपाललाई दिनुपर्ने सहयोगका बारे अमेरिकी सांसदहरुले कुरा उठाएका छन् ।

अमेरिकी पूर्वीयसमयअनुसार, बुधवार दिउँसो भएको सो कमिटीको बैठकमा कोभिड १९ ले नेपाललाई निकै अप्ठेरो स्थितिमा पुर्याएको र यसविरुद्ध लड्नको लागि नेपाललाई अमेरिकी सहयोगको आवश्यकता रहेकोबारे छलफल भएको थियो।

सांसदहरुले उठाएको आजको सिनेटको मिटिङ्गमा अमेरिकी सिनेटको तर्फबाट सिनेट कमिटी अन फरेन रिलेसन्सलृे कोभिड –१९ पीडित देशहरुलाई सहयोग गर्न बनाएको युएसएआईडी सिनेट टास्कफोर्सका कार्यकारी निर्देशक जेरेमीले कोभिड –१९ मा सहयोगको निमित्त नेपाललाई थप १० मिलियन डलर (लगभग नेपाली रुपैया एक अर्ब २० करोड) छुट्याइएको बताए।

उनले नेपाललार्य भ्याक्सिन सहयोग पठाउने पनि सिनेट समक्ष बताएका छन्। उनले यो रकम कोभिड रेस्पोन्सको अपतकालीन फण्डबाट दिइने जानकारी पनि सांसदहरुलाई दिएका थिए ।

तीनजना अमेरिकी सिनेटरहरुले नेपालबारे प्रत्यक्ष प्रश्नहरु उठाएका थिए र नेपाललाई सहयोग गर्नेबारे अमेरिकाले के गर्दै छ भनेर सोधेका थिए । सिनेटर मर्फी र सिनेटर साहेनले नेपाललाई कस्तो प्राथमिकतामा राखिएको छ भनेर सोधेका थिए।

उनीहरुको प्रश्नको जवाफमा कार्यकारी निर्देशक जेरेमीले अमेरिकाले नेपाललाई सहयोगको प्राथमिकतामा राखेको जानकारी दिए भने सिनेटर भ्यान हाउलान्को नेपाललाई खोपलगायतका अत्याबश्यक सामग्री सहयता दिनेबारेको प्रश्नमा विदेश मन्त्रालयकी गेल स्मिथले यसबारे चाँडै निर्णय गरिने बताएकी थिइन्।


नेपालमा कोरोनाको संक्रमण दर अतिउच्च हुँदै गएको र मृतकको संख्यासमेत दिनहुँ बढ्दै गएको सन्दर्भमा अमेरिकास्थित नेपाली संघसंस्थाहरु र पूर्व कुटनीतिज्ञहरुले समेत नेपाललाई तत्काल मानवीय सहायताको आवश्यकता रहेकोतर्फ लिखित ध्यानाकर्षण गराएका थिए।

नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलीसीसहित अमेरिकामा कार्यरत संस्थाहरू अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा भुपेश खड्का, नेपाल राइजिङ्ग कि अध्यक्ष डा. आरती मलेकु, ए.एन.ए. अध्यक्ष विजयराज भट्टराई, एन.आर. एन. अमेरिकाका अध्यक्ष सुनील साह, नेपाली महिला ग्लोबल नेटवर्ककी अध्यक्ष अभिमा उप्रेती सहित हस्ताक्षर गरि ‘एडभोकेसी म्याटर्स’ भन्दै नेपाललाई सहयोग गर्न औपचारिक पत्राचार गरेका थिए।

त्यसपछि यो अभियान ह्वात्तै बढ्यो। यस अभियानका एक अभियन्ताए.एन.ए. अध्यक्ष विजयराज भट्टराईले डिसी नेपालसँग भने, “जहाँ जसले भाषा बुझ्ने माध्यम जे हो त्यसैमा कम्युनिकेशन गर्न सकेन भने त्यसले सही परिणाम नदिन सक्छ । अमेरिकि सरकारसंगको हाम्रो अनुरोधको कम्युनिकेशन हाम्रो संख्याले निक्र्यौल गर्छ। यसैकारण २–३ मिनेट समय निकालेर हस्ताक्षर गर्न अनुरोध गरेका थियौं।”

हस्ताक्षर कार्यक्रम सञ्चालन गर्नेहरुले आजको सिनेट कमिटीको बैठकमा सहभागी हुने १० जना सिनेटरहरुको नाम र फोन नम्बर सवैतिर सम्प्रेषण गरी सिनेटरहरुलाई व्यक्तिगत, संस्थागत फोन गरेर जे जसरी सकिन्छ त्यसरी नै लबिङ्ग गर्ने र नेपालको बारेमा जानकारी गराउन अनुरोध गर्दै अर्को अभियान चलाइएको थियो।

धेरै भन्दा धेरै नेपालीहरु आ–आफ्नो ठाउबाट सिनेटरलाई फोन गर्ने अभियानमा सहभागी भए । धेरै व्यक्तिहरु तथा संघ संस्थाहरुले ’साइन दी पिटिसन’ अभियान मा सक्रिय सहभागिता जनाएका थिए । यसैको परिणाम आजको सिनेटको मिटिङ्गमा नेपाल छलफल र चासो को विषय बनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *