प्रधानमन्त्री ओली र माधव नेपालबीच भेट हुँदै

डिसी नेपाल
३० वैशाख २०७८ १३:५२
220
Shares

कामठाडौं। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आज भेट हुने भएको छ।

प्रधानमन्त्री ओलीले विहान नेता नेपाललाई टेलिफोन गरी भेट्न प्रस्ताव गरेका थिए। जवाफमा नेता नेपालले पछि खबर गर्ने बताएका थिए। नेपालले आफ्ना समूहका नेताहरुसँग छलफल गरेर भेट्ने समय तय गर्ने बताएका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदबारमा भेट हुने संभावना छ। बिहीबार विहान बसेको एमाले स्थायी कमिटीको बैठकले वरिष्ठ नेता नेपालसहित चार जना नेतामाथि गरिएको कारवाही फिर्ता लिने निर्णय गरेको थियो।

‘पार्टी एकतालाई बलियो बनाउने प्रयास सुरु भएको छ, अब पार्टीभित्रको विवादलाई समाधान गर्ने गरी गतिविधि अगाडि बढ्छन्,’ बालुवाटार निकट एक नेताले डिसी नेपालसँग भने, ‘त्यसका लागि आज प्रधानमन्त्री र माधव कमरेडबीच हुने भेट महत्वपूर्ण हुनेछ।’

माधव नेपाल समूहले पार्टीलाई २०७५ जेठ दुई अघिकै अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन्। तर अध्यक्ष ओलीले भने माओवादी केन्द्रबाट आएका नेताहरुलाई हटाउन नसकिने अडान राख्दै आएका छन्।

‘फ्लोरक्रस गरेर पार्टी विधान विपरित काम गरेकालाई भित्र्याउन र आन्दोलनमा साथ दिएका बालदलगायत माओवादीबाट आएका कारवाही भोगेका, सांसद पद गुमाएका साथीलाई निष्काशन गर्ने काम हुन सक्दैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *