नेप्से १० प्रतिशत बढ्दा, ७ अर्ब बढीको कारोबार

डिसी नेपाल
३० वैशाख २०७८ १६:०२
32
Shares

काठमाडौं। साताको अन्तिम कारोबारोको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से बढेको छ। बिहीबार नेप्से १० दशमलव १३ अकंले बढेर २६ सय ८४ दशमलव शून्य एक विन्दुमा पुगेको हो।

यस दिन २ सय १८ कम्पनीको दुई करोड १९ लाख कित्ता सेयर खरिद बिक्री सात अर्ब १२ करोड रुपैयाँमा किनबेच भएका छन। आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

आज बैंकिङ समूहको सेयर तीन अकंले बढेको छ। यस्तै विकास बैंक समूहको सेयर ७१ अकंले, जलविद्युतको ३७ अकंले, फाइनान्सको ६० अकंले, माइक्रोफाइनान्सको पाँच अंकले, जीवन बीमा समूहको सेयर ८५ अकंले, निर्जीवन बीमा समूहको साढे पाँच अकंले र अन्य समूहको शेयर १३ अकंले बढेको छ।

आज दिव्यश्वरी हाइड्रो र समता फाइनान्सको सेयर १० प्रतिशत र अरू ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ। समग्र बजार बढे पनि रिडी हाइड्रोपावर विकास कम्पनीको शेयर दुई प्रतिशतले घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.