अक्सिजन सिलिन्डर आयातमा विदेशी मुद्रा सटहीको सीमा हटाइयो

डिसी नेपाल
३० वैशाख २०७८ १६:४६
96
Shares

काठमाडौं। राष्ट्र बैंकले अक्सिजन सिल्डिर आयातमा अमेरिकी डलर सटही सीमा हटाएको छ। देशमा कोरोना संक्रमण बढेसँगै अक्सिजन र अक्सिजन सिलिन्डरकोसमेत अभाव भएका बेला राष्ट्र बैंकले ये निर्णय गरेको हो।

विहीबार एक सूचना जारी गर्दै डलर सटही सीमा हटाइएको जानकारी दिएको छ।

अहिले प्रतितपत्र बिना ड्राफ्ट–टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको छ।

अक्सिजन सिलिण्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामाग्रीहरु आयात गर्दा असार मसान्तसम्म यो व्यवस्था कार्यान्वनय नहुने भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.