विपक्षीकाे आशंका : प्रधानमन्त्रीले विश्वासको मत लिएर सरकार चलाउँछन् कि मध्यावधितिर लैजान्छन्?

डिसी नेपाल
३१ वैशाख २०७८ १४:३५

काठमाडौं। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले मुलुककाे पछिल्लाे अवस्थाका विषयमा छलफल गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहितले राजनीतिक समीक्षा गरेका हुन्।

छलफलमा वैकल्पिक सरकार निर्माणमा भएका प्रयत्नका विषयमा पनि छलफल भएको थियो। बैठकमा सहभागी एक नेताका अनुसार जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव नेपाल समूह प्रधानमन्त्री केपी ओलीको निरन्तरताको कारक रहेको निष्कर्ष बैठकले निकालेको छ।

यसैगरी बैठकले ओलीको विकल्पमा बहुमत जुटाउन नसकेका नेताहरुको शुक्रबारको बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि फेरि सहकार्य जारी राख्ने निश्कर्ष निकालेको छ।

विपक्षी गठबन्धनको बहुमत नजुट्नुमा विदेशी चलखेल पनि जिम्मेवार रहेको र माधव नेपालले समेत धोका दिएको नेताहरुको निश्कर्ष छ। बैठकमा नेताहरुले जसपालाई एकतावद्ध बनाउन नसकेको र एमालेको माधव नेपाल समूहका नेताहरुले सहयोग नगरेको गुनासो गरेका थिए।

प्रधानमन्त्रीले विश्वासको मत लिएर सरकार चलाउँछन् कि मध्यावधि चुनावतिर लैजान्छन् भन्ने पनि छलफल भएको थियो। ओलीको चाहना आफ्नो सरकारलाई बहुमत जुटोस् भन्ने भन्दा पनि बहुमत जुटेन भन्ने देखाएर संसद विघटन गरी मध्यावधि चुनावतिर जाने रहेको विपक्षी नेताहरुको आकँलन थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *