प्रधानमन्त्री ओलीले लिए सपथ, मन्त्रिमण्डलमा पुरानालाई जिम्मेवारी

डिसी नेपाल
३१ वैशाख २०७८ १४:५५

काठमाडाैं। काठमाडौं । नराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी थिए।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि समयावधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दल असफल भएका थिए।

प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो। आज शुक्रबार अपरान्ह नयाँ मन्त्रिपरिषद गठन गरेका ओलीले पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका हुन्।

ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिएका छन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्ताे छ मन्त्रिपरिषद्:

केपी शर्मा ओली : प्रधानमन्त्री

१. ईश्वर पोखरेल :  उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
२‍. रामबहादुर थापा बादल :  गृह
३. टोपबहादुर रायमाझी : उर्जा, जलस्रोत तथा सिञ्चाइ
४. विष्णु पौडेल :  अर्थ
५. प्रदीप ज्ञवाली  : परराष्ट्र
६. हृदयेश त्रिपाठी :  स्वास्थ्य तथा जनसंख्या
७. लेखराज भट्ट :  उद्योग, वाणिज्य तथा आपूर्ति
८. कृष्णगोपाल श्रेष्ठ :  शिक्षा तथा विज्ञान प्रविधि
९. प्रभु साह :  सहरी विकास
१०.भानभुक्त ढकाल :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
११. मणिचन्द्र थापा :  खानेपानी
१२. पद्‍मा अर्याल :  कृषि
१३. बसन्त नेम्वाङ :  भौतिक पूर्वाधार तथा यातायात
१४. गौरीशंकर चौधरी :  श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५. पार्वत गुरुङ :  सञ्चार तथा सूचना प्रविधि
१६. शिवमाया तुम्बाहाम्फे :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१७. लीलानाथ श्रेष्ठ :  कानून  न्याय तथा संसदीय मामिला
१८. गणेशसिंह ठगुन्ना :  संघीय मामिला तथा सामान्य प्रशासन
१९. प्रेमबहादुर आले :  वन
२०. जुलीकुमारी महतो :  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२१. दावा लामा तामाङ :  युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

२२. नवराज राउत:  स्वास्थ्य तथा जनसंख्या
२३. रामवीर मानन्धर :  सहरी विकास
२४. विमला विक:  उद्योग, बाणिज्य तथा आपूर्ति

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *