भेरी, डडेल्धुरा र पाटन अस्पताललाई अक्सिजन प्लान्टका लागि ६ करोड रुपैयाँ दिने निर्णय

डिसी नेपाल
३१ वैशाख २०७८ १९:०५
192
Shares

काठमाडौं। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार पदबहाली गर्दै डडेल्धुरा अस्पताल डडेल्धुरा, भेरी अस्पताल बाँके र पाटन स्वास्थय विज्ञान प्रतिष्ठान ललितपुरमा अक्सिजन प्लान्ड जडानका लागि आवश्यक बजेट व्यवस्था गर्ने निर्णय गरेका छन्।

अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल बाँकेका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका हुन्।

अर्थमन्त्री पौडेलले कोरोनाविरुद्धको लडाइँलाई केन्द्रित गरी आगामी वर्षको बजेट ल्याउनेसमेत बताएका छन्। अर्थ मन्त्रालयमा पदबहालीपछि उनले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पका साथ बजेट ल्याउने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.