नेपाल एयरलाइन्सको विमान अक्सिजन सिलिण्डर लिन ओमान प्रस्थान
काठमाडौं। नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार बिहान ओमान प्रस्थान गरेको छ। विमानले ओमानबाट ५ सय ६० वटा अक्सिजन सिलिन्डर लिएर शनिबार साँझ ६ः३० बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।
गैरआवासीय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहकार्यमा सिलिन्डर जुटाइएको हो। ५ सय ६० वटा सिलिन्डरलाई मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा पुयाइएको छ।
गैरआवसीय नेपाली संघको सहयोगमा प्राप्त हुने अक्सिजन सिलिण्डर लिएर मस्कटबाट विमान साँझ साढे ६ बजे नेपाल आउने छ। चार्टर विमानको खर्च भने सरकारले नै बेहोरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment