मर्जरमा गएको हिमालयन बैंकले कर्मचारीहरुलाई मनपरी प्रमोसन गरेको भन्दै विरोध
काठमाडौं। मर्जरमा गएको हिमालयन बैंकको कर्मचारी यूनियनले कर्मचारीहरुलाई मनपरी बढुवा गरेको र तलबमान वृद्धि गरेको भन्दै तत्काल खारेज गर्न माग गरेको छ। यूनियले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बढुवाको सूचना सार्वजनिक नगराई गरिएको अनैतिक निर्णयको घोर निन्दा र भत्र्सना गरेको छ। साथै यूनियनले नियम विपरीत गरीएको बढुवा तत्काल खारेज गर्न माग गरेको छ।
सिनियर लेभलका कर्मचरीको बढुवा गर्दा बोर्डमा पठाइनु पर्ने र बोर्डले निर्णय गर्ने कानुनी व्यवस्था छ। तर, बैंकका कर्मचारीहरुले भने शुक्रबार तलब आए पछि मात्रै यो निर्णय थाहा पाएको बताएका छन्।
यस्तै कर्मचारीहरुको बढुवा चार चार वर्षमा गनुपर्ने नियम भए पनि दुइ वर्ष नकेटेका कर्मचारीहरुलाई पनि बढुवा गरिएको छ। कमर्चचारी नियमावली विपरीत बढुवा गरिएको भन्दै बैंकको कर्मचारी यूनियनले यस्ता अनैतिक कार्यमा संलंग्न सबैलाई यथासिर्घ कानुनी उपचार खोज्न अनुरोध गरेको छ।
निकै लामो समयदेखि मर्जरको चर्चामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच गत बिहीबार मात्रै मर्जरमा जानका लागि सम्झौता भएको थियो।








डिसी नेपाल







Facebook Comment