अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
२ जेठ २०७८ ९:५९
76
Shares

काठमाडौं। वैशाख ६ गतेदेखि विक्री खुला भएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ।

कम्पनीले ५० प्रतिशत दरको प्रतिसेयर एक सय अंकित मूल्यमा ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद सेयर विक्री खुला गरेको हो। हाल कायम चुक्ता पुँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४ सय को आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा उक्त हकप्रद सेयर विक्री गरेको हो।

हकप्रद सेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ५२ करोड २४ लाख भन्दा बढी पुग्नेछ। यो हकप्रद सेयरमा २०७७ चैत ८ गते सम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।

विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.