आइतबार काठमाडौं उपत्यकामा २ हजार ६०९ जनामा कोरोना संक्रमण

डिसी नेपाल
२ जेठ २०७८ १६:४२
340
Shares

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा मात्रै २ हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४५ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ रहेको छ ।जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ८०८ र होम आइसोलेसनमा १ लाख दुई हजार ४५५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना निको भएका छन् ।हालसम्म कोरोनाको कारण ५ हजार १ जनाको मृत्यु भएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.