जसपाले भन्योः प्रधानमन्त्रीले फेरि शपथ ग्रहण गर्नुपर्छ

डिसी नेपाल
२ जेठ २०७८ १९:११
400
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्ने बताएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा’ शब्द ‘पर्दैन’ भनेर प्रधानमन्त्री तथा राष्ट्रपतिको पदमा गम्भीर आँच पुर्याएको बताएका छन्। उनले प्रधानमन्त्री ओलीले फेरि शपथ लिनुपर्ने पार्टीको माग रहेको बताएका छन्।

यस्तै जसपाले राजदूत नियुक्तीका लागि सरकारले हालै गरेको सिफारिस पनि समावेशी नभएको भन्दै विरोध जनाएको छ। सरकारले संविधानअनुसार समावेशीको सिद्धान्तअनुसार राजदूत सिफारिस नगरेको यादवले जनाएका छन्।

यस्तै कोरोना नियन्त्रणमा सम्पूर्ण शक्ति लगाउन पनि जसपाले माग गरेको छ। जसपाको महन्थ ठाकुर समूह प्रधानमन्त्री ओलीसँग निकट छ भने उपेन्द्र समूह विरोधमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.